10/11/2022

काठमाडौँ – संसारकै उत्कृष्ट १० साहसिक ट्रेल रेस मध्यको ‘एभरेष्ट ट्रेल रेस’ सगरमाथाको जिल्ला सोलुखुम्बुबाट सुरू भएको छ ।

रेस पत्तालेबाट सुरु भएर एक सातामा च्याङसार, खोरिया, सामसिम, पिके डाँडा (च्यावी पिके र गोले पिके), लाम्जुरा, जुनबेंसी, फुङमोचे, तोङगीनासा, टाक्सिन्दु, यावा गोन्पा, जुभिङफेदी, खरिखोला, फाक्दीङ, नाम्चे, खुम्जुङ, फोर्चे, पाङबोचे, त्याङबोचे हुँदै खुम्बु पासाङल्हामु गाउँपालिकाको लुक्लामा आएर समापन हुनेछ ।

कुल १ सय ६० किलोमिटर दूरीको रेसमा समुन्द्री सतहदेखि ४ हजार मिटर भन्दा माथि सम्म धावकहरु दौडिने छन् । yohokhabar

Archivado en: NOTICIAS