27/10/2023

नेपाली साहसिक पर्यटकीय गतिविधिको विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले एभरेस्ट ट्रेल रेसको ११ औँ संस्करण शुरु भएको छ । कुल एक सय ७५ किलोमिटर लामो यो दौडमा १० देशका २९ जना धावक सहभागी छन् । १० जना महिला र १९ जना पुरुषमध्ये एक महिला र एक पुरुष नेपाली रहेका छन् ।

पर्यटन वर्ष २०११ देखि एभरेस्ट ट्रेल रेस शुरु भएको हो । अन्नपूर्ण ट्रेक्स एन्ड एक्पिसडिशन र स्पेनको ग्रन्स स्पाइस नामक कम्पनीले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दै आएका छन् । छ दिनसम्म चल्ने दौडमा निर्धारित एक सय ७५ किलोमिटर दुरीमध्ये ३३ किलोमिटर दुरी उकालो–ओरालो मात्रै रहेको छ । निर्धारित दुरी धावकले २० देखि २१ घण्टामा पूरा गर्ने यसअघिको अनुभव छ । ... ujyaaloonline

Archivado en: NOTICIAS